भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफल
Read the full story at Nagarik News

भोटेकोशी-त्रिशूली बाढीबाट प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालले जोखिममा आधारित योजना अघि बढाएको छ। प्रभावित परिवारलाई बसोबास तथा जीविकोपार्जनका लागि मासिक खर्च उपलब्ध गराउने निर्णय भएको छ भने निजी जग्गासँग सरकारी जग्गा साट्ने विषयमा समेत छलफल भइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख डा.
धर्मराज उप्रेतीले कोप-३१ सम्मेलन स्थलमा रहेको पाकिस्तान प्याभिलियनमा आज आयोजित कार्यक्रममा बाढी प्रभावितको पुनःस्थापनाका लागि नेपालले गरिरहेका पहल र प्रक्रियाबारे जानकारी गराएका हुन्। ‘समुदायको नेतृत्वमा तथ्याङ्कमा आधारित जलवायु अनुकूलनको विस्तार’ विषयक छलफलमा उनले पुनःस्थापना प्रक्रियामा जोखिम मूल्याङ्कनलाई प्राथमिकता दिइएको उल्लेख गरे। डा.
उप्रेतीका अनुसार प्रभावित क्षेत्रको भौगर्भिक तथा बाढी जोखिम आकलन, सुरक्षित स्थानको पहिचान र स्थायी आवास निर्माणका लागि लाभग्राही छनोटको प्रक्रिया अघि बढाइएको छ। प्रभावितलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराउने तथा बाढीबाट प्रभावित निजी जग्गासँग सरकारी जग्गा साट्ने विषयमा छलफल भइरहेको उनले बताए। ‘नेपालले जोखिमसम्बन्धी ज्ञान तथा पूर्वसूचना प्रणालीलाई योजना निर्माणको आधारका रूपमा आत्मसात् गरेको छ।
More environment
- भारतको मौसम विभागले भन्यो- बंगालको खाडीमा फेरि चक्रवात बन्ने सम्भावना देखियोNepal Khabar
- निधिभवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण गरिँदैThaha Khabar
- कृषि मन्त्री चौधरी र जीजीजीआईका कार्यकारी निर्देशक किमबीच भेटवार्ता, जलवायु सहकार्य र कृषिका विषयमा छलफलDC Nepal
- नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गर्ने सहमतिOnlinekhabar (Nepali)
- मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमाOnlinekhabar (Nepali)
- मदिरा सेवन गरी गाडी चलाएको आरोपमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउThaha Khabar