मदिरा सेवन गरी गाडी चलाएको आरोपमा अमेरिकी वायुसेनाका क्याप्टेन पक्राउ
Read the full story at Thaha Khabar

जापानको ओकिनावा टापुमा मदिरा सेवन गरी सवारी चलाएको आशङ्कामा प्रहरीले अमेरिकी वायुसेनाका एक क्याप्टेनलाई शनिबार पक्राउ गरेको छ। ओकिनावा टापुमा अमेरिकी मरिन सैनिक संलग्न रहेको आरोप लागेको हत्याको घटनापछि स्थानीयस्तरमा व्यापक आक्रोश उत्पन्न भएको थियो। उक्त घटनापछि अमेरिकी सैनिकबाट हुने अपराध नियन्त्रणका उपाय अपनाउन टोकियो र वासिङ्टन सहमत भएको एक साता नबित्दै पछिल्लो गिरफ्तारी भएको हो। जापानमा अमेरिकी सेनाका करिब ५४ हजार सैनिक तथा कर्मचारी तैनाथ छन्।
तीमध्ये अधिकांश ओकिनावामा कार्यरत छन्। अमेरिकी सैनिकबाट हुने आपराधिक घटनाहरू लामो समयदेखि जापान र अमेरिकाबीचको सुरक्षा सम्बन्धमा चुनौतीका रूपमा रहँदै आएका छन्। अमेरिकी अधिकारीहरूले गत साता तल्लो तहका सैनिकका लागि लागू गरिएको रात्रिकालीन कफ्र्यू डिसेम्बर ७ सम्म लम्ब्याउने घोषणा गरेका थिए। यसका साथै, मध्यरातदेखि बिहान ५ बजेसम्म सैनिकहरूलाई घरबाहिर मदिरा सेवन गर्न प्रतिबन्ध लगाइएको छ।
ओकिनावा प्रिफेक्चरल प्रहरीका प्रवक्ताका अनुसार, शनिबार बिहान करिब ३ बजेर ९ मिनेटमा ओकिनावा सहरको सडकमा गाडी चलाइरहेका २७ वर्षीय अमेरिकी वायुसेनाका क्याप्टेनलाई पक्राउ गरिएको हो। ती क्याप्टेनले अमेरिकी अधिकारीहरूले लागू गरेको कफ्र्यू उल्लङ्घन गरे वा नगरेको भन्नेबारे भने अझै स्पष्ट भइसकेको छैन।
More environment
- भारतको मौसम विभागले भन्यो- बंगालको खाडीमा फेरि चक्रवात बन्ने सम्भावना देखियोNepal Khabar
- कृषि मन्त्री चौधरी र जीजीजीआईका कार्यकारी निर्देशक किमबीच भेटवार्ता, जलवायु सहकार्य र कृषिका विषयमा छलफलDC Nepal
- भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना: मासिक खर्च दिने निर्णय, जग्गा साट्नेबारे छलफलNagarik News
- नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गर्ने सहमतिOnlinekhabar (Nepali)
- मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमाOnlinekhabar (Nepali)
- Beavers were last recorded around Loch Ness in about 1527; nearly 500 years later, Scotland has licensed conservation groups to release up to 15 beaver families into the River Ness catchment over three years.Times of India