Skip to main content
वातावरणOnlinekhabar (Nepali)

मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमा

Read the full story at Onlinekhabar (Nepali)

मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमा

उकालो, हिउँ र चिसो मौसमले यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो । तर अचम्म ! हिउँको यात्रामा न भोक लाग्यो, न तिर्खा, न थकाइ नै महसुस भयो । दोलखाको लाप्ची नसुनेका र नपुगेका सायद कमै होलान् । धार्मिक, सांस्कृतिक र भौगोलिक दृष्टिकोणले अत्यन्त सुन्दर लाप्ची यस्तो ठाउँ हो, जहाँ जति पटक पुगे पनि मन अघाउँदैन ।

म पनि पटकपटक पुगिरहन मन लाग्ने ठाउँमध्ये लाप्चीलाई अग्रस्थानमा राख्छु । यहाँ दोहोर्‍याएर, तेहेर्‍याएर पुग्नेहरू धेरै छन् । तर, लाप्ची केवल रमाउने र घुम्ने ठाउँ मात्र होइन, यो त विश्व शान्ति, ध्यान र साधनाको महत्वपूर्ण केन्द्र हो । घुम्न जाने भन्नेबित्तिकै धेरैको सोचमा रमाइलो गर्ने, नाचगान गर्ने, मादक पदार्थ सेवन गर्ने र मासु माछा खानेजस्ता गतिविधि आउन सक्छन् । तर, दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा अवस्थित लाप्चीलाई यसरी मात्र बुझ्नु उचित हुँदैन ।

यसको धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व बुझ्न आवश्यक छ । लाप्ची बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो । तिब्बती बौद्ध परम्पराका महान् योगी तथा साधक मिलारेपाले यस क्षेत्रका विभिन्न गुफामा ध्यान र साधना गरेको विश्वास गरिन्छ । त्यसैले यहाँका गुफा, गुम्बा र प्राकृतिक संरचनाले धार्मिक आस्थासँगै ऐतिहासिक महत्व पनि बोकेका छन् । लाप्चीको परिचय हिमालको सुन्दर दृश्यमा मात्र सीमित छैन, यो शान्ति र साधनाको अनुपम भूमि पनि हो ।