भारतको मौसम विभागले भन्यो- बंगालको खाडीमा फेरि चक्रवात बन्ने सम्भावना देखियो
Read the full story at Nepal Khabar

विभागका अनुसार यही नोभेम्बर १६ साँझसम्ममा न्यून चापीय क्षेत्र तीव्र गतिमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना देखिएको हो। भारतीय मौसम विभागका अनुसार, मध्य अण्डमान सागर र छेउमा रहेको अण्डमान-निकोबार द्वीप समूहमाथि बनेको वायुमण्डलीय चक्रवातका कारण यो अवस्था सिर्जना भएको हो। नेपाल मौसम विज्ञान विभागले भने शुक्रबार राति सूचना जारी गरी बंगालको खाडीमा नयाँ न्यूनचापीय प्रणाली विकास भइरहेको तर हालसम्मको अध्ययनले नेपालको मौसममा खासै प्रभाव पर्ने सम्भावना नदेखिएको बताएको छ।
शुक्रबार राति जारी सूचनामा भनिएको छ, 'हालको मौसम विश्लेषण अनुसार बंगालको खाडीमा विकसित हुँदै गरेको नयाँ न्यूनचापीय प्रणालीले नेपालको मौसममा खासै प्रभाव पर्ने सम्भावना देखिएको छैन। नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीलाई निरन्तर निगरानी गरिरहेको छ र आवश्यकताअनुसार थप अद्यावधिक सूचना जारी गर्नेछ। त्यसैले विभागबाट जारी हुने पछिल्लो मौसमी सूचना तथा पूर्वानुमान नियमित रूपमा हेर्नुहुन सर्वसाधारण तथा सरोकारवालाहरूमा अनुरोध छ।
'
More environment
- Nepal calls for mountain-focused climate action at COP31Kathmandu Post
- नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौताNepal Khabar
- गोरखामा बुढीगण्डकी नदीमाथि जंगलमा भीषण सुक्खा पहिरोNepal Khabar
- भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबार पुनर्निर्माणका लागि बजेट स्वीकृतOnlinekhabar (Nepali)
- China should share its renewable energy expertiseSouth China Morning Post
- UN Secretary-General emphasizes on cutting emissions of greenhouse gasThe Rising Nepal