Skip to main content
वातावरणOnlinekhabar (Nepali)

नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गर्ने सहमति

Read the full story at Onlinekhabar (Nepali)

नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गर्ने सहमति

नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ । २८ कात्तिक, अन्ताल्या (टर्किए) । नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ ।

कोप–३१ का अवसरमा कृषि, वन तथा पर्यावरण मन्त्रालय र साउथ पोलबीच आज भएको सहमतिअनुसार क्षेत्रगत वन कार्बन कार्यक्रम (जे–रेड्ड प्लस) विकास गरिनेछ । सुरुमा तीन प्रदेशमा सञ्चालन गरिने कार्यक्रम क्रमशः देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । आर्किटेक्चर फर रेड्ड प्लस ट्रान्ज्याक्सन्स (एआरटी) को ट्रिज मापदण्डअनुसार विकास गरिने कार्यक्रमले वन विनाश तथा क्षयीकरणबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउने, दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने र वन डढेलो नियन्त्रणमा सुधार गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको अन्तर्राष्ट्रिय उड्डयनका लागि कार्बन अफसेटिङ तथा न्यूनीकरण योजना (कोर्सिया) र पेरिस सम्झौताको धारा ६ अन्तर्गत अन्तरराष्ट्रिय बजारमा बिक्री गर्न सकिने वन कार्बन क्रेडिट उत्पादन गरिनेछ ।