Skip to main content
वातावरणThaha Khabar

निधिभवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण गरिँदै

Read the full story at Thaha Khabar

निधिभवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण गरिँदै

जनकपुरधाम : महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र जनकपुरधामअन्तर्गत रहेको निधिभवन राजर्षि जनक विश्वविद्यालयलाई हस्तान्तरण गरिने भएको छ। नेपाल सरकारको उक्त निर्णयप्रति विश्वविद्यालय स्थापनामा अग्रणी भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले खुसी व्यक्त गरेका छन्। शनिबार जनकपुरधाममा प्रतिक्रिया दिँदै नेता निधिले नेपाल सरकारको निर्णयले मिथिलाको भाषा, साहित्य, कला, संस्कृति तथा परम्पराको अध्ययन, अनुसन्धान र प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले यस निर्णयका लागि प्रधानमन्त्रीसहित नेपाल सरकारका मन्त्रीहरूलाई धन्यवाद दिए। मिथिला सभ्यता र संस्कृतिको संरक्षण तथा संवर्धनका लागि निधिभवनलाई शैक्षिक एवं प्राज्ञिक गतिविधिसँग जोड्ने निर्णय सकारात्मक रहेको उनको भनाइ थियो। भवन विश्वविद्यालयलाई हस्तान्तरण भएपछि मिथिलाको ऐतिहासिक, सांस्कृतिक तथा बौद्धिक सम्पदाको अध्ययन अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने बताए।

राजर्षि जनक विश्वविद्यालयको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता निधिले विश्वविद्यालयलाई केवल औपचारिक शैक्षिक संस्थाका रूपमा मात्र नभई मिथिलाको मौलिक पहिचान, सभ्यता र संस्कृतिको अध्ययन अनुसन्धान गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै आएका छन्। यसैबीच राजर्षि जनक विश्वविद्यालयका डिन प्रा.डा.