दसैंअघि गरिएको नापीका ८५७ कर्मचारीको सरुवा तिहारको मुखमा मन्त्रालयले गर्यो बदर
Read the full story at Bizmandu
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागले एक महिनाअघि गरेको ८५७ कर्मचारीको सरुवा बदर गरेको छ। विभागले सुगम तथा सुविधासम्पन कार्यालयमा कार्यरत कर्मचारीलाई पुनः सुगम क्षेत्रमै पठाइ दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीको उपेक्षा गरेको भन्दै मन्त्रालयले गत असोज २३ गतेको सरुवा बदर गरेको हो।
सरुवाको निर्णयमा असन्तुष्टि जनाउँदै विभिन्न तहका कर्मचारीहरूले मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी गरेका थिए। त्यसपछि मन्त्रालयको निर्देशनमा विभागले असोज २६ गते ७ दिने म्याद तोकी गुनासो आह्वान गरेको थियो। २०० भन्दा बढी कर्मचारीले सरुवा पुनरवलोकनको माग गरेका थिए।
त्यही कारण सरुवा बदर गरेको मन्त्रालयले जनाएको छ। सरुवा बदरसँगै मन्त्रालयको निर्देशनमा विभागले बिहीबार ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड’ जारी गरेको छ। The post दसैंअघि गरिएको नापीका ८५७ कर्मचारीको सरुवा तिहारको मुखमा मन्त्रालयले गर्यो बदर appeared first on BIZMANDU .
More business
- ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैनNepal Khabar
- पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन मागNepal Khabar
- पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्लेNepal Khabar
- एलजीका घरायसी उपकरणमा २५ प्रतिशतसम्म ‘क्यासब्याक’, दशैँ–तिहार अफर छठसम्म (भिडिओ)Nepal Khabar
- १०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी आवश्यक : पाण्डेNepal Khabar
- चकलेटी रङको ल्याब्राडोर कुकुरले देखाएको करामत!Setopati