पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन माग
Read the full story at Nepal Khabar

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वाधार विकासका ठूला परियोजनामा विदेशी लगानीकर्तालाई मात्रै नभई स्वदेशी निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने बताएका छन्। इन्फ्रास्ट्रक्चर समिट, २०२६को सन्दर्भमा बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले विदेशी कम्पनीलाई परियोजना दिँदा नेपाली निर्माण कम्पनीलाई पनि संयुक्त लगानी (ज्वाइन्ट भेन्चर)मा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।
उनले विदेशी कम्पनीसँगको सहकार्यबाट नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने र भविष्यमा ठूला पूर्वाधार परियोजना आफैँ निर्माण गर्न सक्ने अवस्था बन्ने बताए। अध्यक्ष श्रेष्ठले भारतको दिल्ली मेट्रो निर्माणको उदाहरण दिँदै त्यहाँ भारतीय निर्माण कम्पनीलाई विदेशी कम्पनीसँग संयुक्त रूपमा काम गर्ने अवसर दिइएकाले अहिले भारतीय कम्पनीहरू आफैँ मेट्रो निर्माण गर्न सक्षम भएको बताए।
त्यस्तै, नेपालमा सुरुङ निर्माणका क्षेत्रमा पनि विदेशी कम्पनीसँगको सहकार्यले नेपाली इन्जिनियरको क्षमता विकासमा सहयोग पुगेको उनले बताए। अध्यक्ष श्रेष्ठले नेपालको व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता बढाउन पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताएका छन्।
More business
- करणले टस जितेर रोजे बलिङ, विराटनगर पहिले ब्याटिङमाNepal Khabar
- तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्थाNepal Khabar
- ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैनNepal Khabar
- पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्लेNepal Khabar
- १०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी आवश्यक : पाण्डेNepal Khabar
- एलजीका घरायसी उपकरणमा २५ प्रतिशतसम्म ‘क्यासब्याक’, दशैँ–तिहार अफर छठसम्म (भिडिओ)Nepal Khabar