तयार भयो पुँजीबजारमा इन्ट्राडे ट्रेडिङ सञ्चालनको नियमावली, ओपन पोजिसन सोही दिन बन्द गर्नुपर्ने व्यवस्था
Read the full story at Nepal Khabar

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजारमा अन्तर्दिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) सञ्चालन गर्ने उद्देश्यसहित नियमावलीको प्रारम्भिक मस्यौदा तयार गरेको छ। बोर्डले तयार गरेको 'अन्तर्दिवसीय धितोपत्र कारोबारसम्बन्धी नियमावली, २०८३' को प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै आगामी मंसिर ४ गतेसम्म सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। नेपाली पुँजी बजारमा कारोबारको गति, तरलता तथा मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरदिवसीय कारोबार प्रणाली लागू गर्न लागिएको बोर्डले जनाएको छ।
यसअघि बोर्डले २०८३ असोज ८ गते 'नेपालमा धितोपत्रको अन्तर्दिवसीय कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र, २०८३' सार्वजनिक गरेको थियो। सोही अवधारणापत्रका आधारमा नियमावलीको मस्यौदा तयार पारिएको हो। प्रस्तावित व्यवस्थाअनुसार अन्तर्दिवसीय कारोबार सञ्चालन गर्न स्टक एक्सचेन्ज र धितोपत्र दलाल व्यवसायीले बोर्डबाट स्वीकृति लिनुपर्नेछ।
साथै, तोकिएका मापदण्ड पूरा गरेका सूचीकृत धितोपत्रलाई मात्र यस्तो कारोबारका लागि योग्य मानिनेछ। अन्तर्दिवसीय कारोबारको सुविधा दिनुअघि ब्रोकरले ग्राहकको पहिचान, वित्तीय क्षमता, जोखिम वहन गर्ने क्षमता र कारोबारका लागि उपयुक्तताको मूल्याङ्कन गर्नुपर्ने प्रस्ताव गरिएको छ।
More business
- प्रधानमन्त्री राहत कोषमा १८ अर्ब ३७ करोडभन्दा बढी मौज्दातNepal Khabar
- सेयरबजारमा गिरावट, सूचक र कारोबार रकम दुवै घट्योNepal Khabar
- लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारीNepal Khabar
- करणले टस जितेर रोजे बलिङ, विराटनगर पहिले ब्याटिङमाNepal Khabar
- ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैनNepal Khabar
- आइजिपी प्रकरणको औचित्य सरकारले पुष्टि गर्नुपर्छ: रवि लामिछानेNagarik News