Skip to main content
अर्थतन्त्रNepal Khabar2 outlets covering

पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्ले

Read the full story at Nepal Khabar

पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधार विकास र आर्थिक सुधारको अभियानमा सरकारले निजी क्षेत्रसँगै नेतृत्वदायी भुमिका लिने बताएका छन्। सरकारी बजेटबाट मात्रै मुलुकको पूर्वाधार विकासको आवश्यकता पूरा गर्न नसकिने भन्दै उनले निजी क्षेत्रको पुँजी परिचालन र नीतिगत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।

बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यसपटकको सम्मेलन विगतका संस्करणभन्दा फरक रहेको उल्लेख गरे। यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई)को नेतृत्वमा हुँदै आएको नेपाल पूर्वाधार सम्मेलनमा यसपटक सरकार मूल सहआयोजकका रूपमा सहभागी भएको र पूर्वाधार विकासको अभियानमा सरकार आफैँ 'ड्राइभिङ सिट'मा बसेको उनको भनाइ थियो। वाग्लेले सरकारको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटले मात्रै मुलुकको ठूलो पूर्वाधार विकासको आकांक्षा पूरा गर्न नसक्ने बताए।

चालु आर्थिक वर्षमा पूर्वाधार मन्त्रालयका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै विनियोजन भएको र त्यसबाट हुने वास्तविक पुँजीगत लगानी अझै सीमित रहने उनको भनाइ थियो। सडक निर्माणदेखि ऊर्जा उत्पादनसम्म निजी क्षेत्रको सहभागितालाई लिएर समाजमा अझै प्रश्न उठ्ने गरेको भन्दै उनले सबै काम राज्यले नै गर्नुपर्छ भन्ने सोचबाट बाहिर निस्कनुपर्ने बताए।