मधेसका मुख्यमन्त्री यादवले दिए राजीनामा
Read the full story at Nepal Khabar

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो पदबाट राजीनामा दिएका छन्। शनिबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्। विश्वासको मत प्राप्त गर्न आवश्यक पर्ने बहुमत जुट्ने सम्भावना नदेखिएपछि उनले सो निर्णय लिएका हुन्।
यसअघि मधेस सरकारमा सहभागी प्रमुख सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। नेपाली कांग्रेसको नेतृत्वमा रहेको उक्त सरकारबाट साझेदार दलहरू बाहिरिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा परेका थिए। सदनमा राजीनामा घोषणा गरेसँगै उनको सरकार ढलेको छ।
अब प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।
In English
Madhesh Chief Minister Yadav Resigns
Krishna Prasad Yadav, the Chief Minister of Madhesh Province, has resigned from his post. He announced his resignation while addressing the Provincial Assembly session convened on Saturday for the purpose of seeking a vote of confidence. He made this decision after it became apparent that the necessary majority to secure a vote of confidence could not be achieved. Previously, the major ruling coalition partners, Nepal Communist Party (Unified Marxist-Leninist) and Nepal Communist Party, had withdrawn their support from the government by recalling their ministers. After these coalition partners exited the government led by the Nepali Congress, Chief Minister Yadav faced the constitutional obligation to seek a vote of confidence. Following his resignation announcement in the assembly, his government has fallen. The process of forming a new provincial government is now expected to begin.
Machine translation — the original above is the story as filed.
More politics
- घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किलNepal Khabar
- शेख हसिना फिर्ता पठाउन भारत तयार, तर बंगलादेशसामु राख्यो २ सर्तNepal Khabar
- कात्तिक २४ देखि कोसी प्रदेश प्रमुखविहीन, कहिले होला नयाँ नियुक्तिNepal Khabar
- बयानका लागि उपस्थित नभएपछि अभिषेक गिरीको घरमा सातदिने सूचना टाँसNepal Khabar
- निर्वाचनमा असहयोग गर्नेलाई वडा तहमै कारबाही गर्न ओलीको निर्देशनNepal Khabar
- हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)Nepal Khabar