Skip to main content
राजनीतिNepal Khabar

हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)

Read the full story at Nepal Khabar

हेटौंडामा यस्तो छ छठको तयारी (तस्बिर)

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्ती नदी किनारमा छठ पर्व मनाउन सम्पूर्ण तयारी पूरा भएको छ। संयुक्त मधेसी सेवा समाज नेपाल मकवानपुर र छठ पूजा समारोह समितिको आयोजनामा पूजास्थलमा ७ सय फिट लामो र २० फिट चौडा पाण्डाल निर्माण गरिएको छ।

संयुक्त मधेशी सेवा समाज नेपाल मकवानपुरका सचिव तथा छठ पूजा व्यवस्थापन समितिको सचिवालय प्रमुख नन्दलाल दासका अनुसार पछिल्ला वर्षहरूमा हेटौंडामा छठ पर्वप्रतिको आकर्षण बढ्दै गएको छ। यस वर्ष राप्ती तटमा ५० देखि ६० हजारभन्दा बढी श्रद्धालु सहभागी हुने अनुमान गरिएको छ।

भक्तजनको चापलाई मध्यनजर गर्दै घाट व्यवस्थापन, सरसफाइ र सजावटको काम गरिएको छ। साथै, भक्तजनको आवागमन, सुरक्षा र स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग समन्वय गरिएको आयोजकले जनाएको छ।

In English

Grand preparations for Chhath festival in Hetauda

All preparations have been completed to celebrate the Chhath festival on the banks of the Rapti River in Hetauda Sub-Metropolitan City-1, Makwanpur. A 700-foot long and 20-foot wide pandal has been constructed at the worship site under the organization of the United Madhesi Seva Samaj Nepal Makwanpur and the Chhath Puja Samaroah Committee. According to Nand Lal Das, Secretary of the United Madhesi Seva Samaj Nepal Makwanpur and Head of the Secretariat of the Chhath Puja Management Committee, the attraction towards the Chhath festival in Hetauda has been increasing in recent years. It is estimated that more than 50,000 to 60,000 devotees will participate on the banks of the Rapti this year. Considering the pressure of devotees, work on ghat management, cleaning, and decoration has been carried out. The organizers have also stated that coordination has been made with relevant agencies to organize the movement, security, and health services of the devotees.

Machine translation — the original above is the story as filed.