राजनीतिNepal Khabar
कात्तिक २४ देखि कोसी प्रदेश प्रमुखविहीन, कहिले होला नयाँ नियुक्ति
Read the full story at Nepal Khabar
पर्शुराम खापुङको पाँचवर्षे कार्यकाल समाप्त भएसँगै कोसी प्रदेश हाल प्रदेश प्रमुखविहीन बनेको छ। तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७८ कात्तिक २५ गते नियुक्त भएका खापुङको कार्यकाल कात्तिक २४ गते सकिएको हो।
समाचार तयार पार्दासम्म सरकारले न त कुनै वैकल्पिक व्यवस्था गरेको छ, न त नयाँ प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया नै अघि बढाएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखको पद रिक्त हुँदा प्रदेशका नियमित कामकारबाहीमा बाधा पुग्ने चिन्ता व्यक्त गरेका छन्।
नेपालको संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखको नियुक्ति हुनुपर्ने व्यवस्था रहे पनि हालसम्म नयाँ नियुक्ति नहुँदा संवैधानिक रिक्तताको अवस्था सिर्जना भएको छ।
More politics
- घट्यो कि बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar
- रुसमा कार बम विस्फोट हुँदा युक्रेनका फरार पूर्वप्रधानमन्त्रीका सहयोगी घाइतेNepal Khabar
- कालीमाटीमा तरकारीको भाउ घट्यो कि बढ्योNepal Khabar
- छठ मनाउन पत्नी निकितासँग आज जनकपुर जाँदै रवि, यस्तो छ सोमबारसम्मको कार्यक्रम सूचीNepal Khabar
- इरानमा फेरि आक्रमणका लागि ट्रम्पलाई फकाउँदै नेतन्याहुNepal Khabar
- शेख हसिना फिर्ता पठाउन भारत तयार, तर बंगलादेशसामु राख्यो २ सर्तNepal Khabar