Skip to main content
राजनीतिThaha Khabar2 outlets covering

आइजेनकोट समक्ष नेतान्याहुको पुनः आग्रहः राष्ट्रिय एकताको सरकार गठन गरौं

Read the full story at Thaha Khabar

आइजेनकोट समक्ष नेतान्याहुको पुनः आग्रहः राष्ट्रिय एकताको सरकार गठन गरौं

काठमाडौंः इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गादी आइजेनकोटसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने आफ्नो अपिल दोहो¥याएका छन्। यस्तो सरकारले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीहरूको सामना गर्न सक्ने भन्दै उनले जसमध्ये सबैभन्दा ठूलो खतरा इरान भएको बताए। सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा नेतान्याहुले आइजेनकोटसँगको आफ्नो कुराकानीले देशको सुरक्षाका लागि राष्ट्रिय एकताको सरकार गठन आवश्यक छ भन्ने कुरामा आफूलाई थप विश्वस्त बनाएको बताएका छन्।

इरानी शासन इजरायललाई ध्वस्त पार्न चाहेको र आफ्नो आणविक कार्यक्रम पुनः सुरु गर्न खोजिरहेको नेतान्याहुको दाबी छ। नेतान्याहुले यो खतरालाई सदाको लागि हटाउन आवश्यक रहेको बताए। ‘सीमित समर्थनमा भर पर्ने वा आतंकवादी समर्थकहरूमा भर पर्ने सरकारले यो चुनौतीको सामना गर्न सक्दैन,’ उनले भनेका छन्।

उनले प्रस्तावित राष्ट्रिय एकता सरकारमा इजरायललाई यहुदी जनताको राष्ट्रको रूपमा मान्यता दिने दलहरूलाई मात्र समावेश गर्ने बताए। नेतान्याहुका प्रतिद्वन्द्वी तथा विपक्षी नेता गादी आइजेनकोटले अरब दलहरूको समर्थनमा सरकार गठन गर्ने प्रयास गरिरहेका छन्। उनले अन्य दलहरूलाई नेतान्याहुलाई सत्ताबाट हटाउन तत्काल निर्णय लिन अपिल गरेका छन्।

In English

Netanyahu appeals again to Inzkolet: Let us form a government of national unity

Kathmandu: Israeli Prime Minister Benjamin Netanyahu has reiterated his appeal to his political rival Gadi Inzkolet to join forces in forming a government of national unity. He stated that such a government could address the security challenges Israel is facing, noting that the greatest threat among them is Iran. In a video message released on social media, Netanyahu said that his conversation with Inzkolet has further convinced him that a government of national unity is necessary for the country's security. Netanyahu claims that the Iranian regime wants to destroy Israel and is trying to restart its nuclear program. He stated that it is necessary to eliminate this threat forever. 'A government that relies on limited support or supporters of terrorists cannot face this challenge,' he said. He stated that the proposed government of national unity would include only parties that recognize Israel as the nation-state of the Jewish people. His rival and opposition leader Gadi Inzkolet is trying to form a government with the support of Arab parties.

Machine translation — the original above is the story as filed.