Skip to main content
राजनीतिNepal Khabar

बालेनको भ्रमणअघि भारतको निर्णय : जनकपुरधाम–अयोध्या रेल सञ्चालन गर्ने

Read the full story at Nepal Khabar

बालेनको भ्रमणअघि भारतको निर्णय : जनकपुरधाम–अयोध्या रेल सञ्चालन गर्ने

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालको जनकपुरधाम र उत्तर प्रदेशको अयोध्या जोड्ने साप्ताहिक रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। भारतीय रेल मन्त्रालयले शनिबार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो। प्रधानमन्त्री शाह आगामी मंसिर ६ गतेदेखि भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन्।

उनको भ्रमणको पूर्वसन्ध्यामा दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धसँग जोडिएका दुई प्रमुख गन्तव्यलाई रेलमार्गबाट जोड्ने निर्णय भएको हो। रामायण सर्किट ऐतिहासिक तथा धार्मिक सम्बन्ध जोडिएका नेपाल र भारतका दुई प्रमुख तीर्थस्थललाई रेलमार्गबाट जोड्ने यो सेवाले सीमापार आवागमन सहज बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरीमा रेल सञ्चालन हुनेछ।

रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर तथा बस्ती हुँदै अयोध्या पुग्नेछ। स्वीकृत तालिकाअनुसार रेल प्रत्येक शनिबार जनकपुरधामबाट प्रस्थान गर्नेछ भने प्रत्येक सोमबार अयोध्या क्यान्टबाट जनकपुरधामका लागि छुट्नेछ। रेलका बिसौनी जयगनर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा रहनेछन्।