Skip to main content
राजनीतिNepal Khabar

राशिफल २९ कात्तिक : मिथुनको धार्मिक भ्रमण हुने, सिंहलाई साथीको सम्झनाले सताउने, तपाईँको दिन कस्तो?

Read the full story at Nepal Khabar

राशिफल २९ कात्तिक : मिथुनको धार्मिक भ्रमण हुने, सिंहलाई साथीको सम्झनाले सताउने, तपाईँको दिन कस्तो?

मेष : भाग्यले साथ दिनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सफल यात्रा गर्ने अवसर जुट्नेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनेछ। आजको मन्त्र- भिन्नता नै भविष्यको हस्ताक्षर हो। भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ।

यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने। वृष : प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ। धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने। मिथुन : प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।