Skip to main content
राजनीतिSetopati

'ककाकिकी'को प्रचार शैली विवादमा, आलोचना भएपछि मनोज गजुरेलले मागे माफी

Read the full story at Setopati

'ककाकिकी'को प्रचार शैली विवादमा, आलोचना भएपछि मनोज गजुरेलले मागे माफी

फिल्मको प्रचारका क्रममा गरिएको एक प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा निर्माण टिमको चर्को आलोचना भइरहेको हो। फिल्मको प्रचार गर्ने नाममा दर्शक तथा सर्वसाधारणलाई भ्रममा पारिएको भन्दै सामाजिक सञ्जालमा टिमको कार्यशैलीमाथि प्रश्न उठाइएको हो। शनिबार यो फिल्मको ट्रेलर रिलिज कार्यक्रम आयोजना गरिएको थियो। त्यसक्रममा फिल्मको प्रचारका लागि कलाकारहरूलाई प्रहरीले पक्राउ गरेको जस्तो दृश्य प्रस्तुत गरिएको थियो।

कार्यक्रम चलिरहेका बेला अचानक 'प्रहरीको टोली' हलभित्र प्रवेश गरेको थियो। त्यसपछि निर्देशक विक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल तथा कलाकार मनोज गजुरेल र शिशिर वाङ्देललाई नियन्त्रणमा लिएजसरी बाहिर निकाल्दै प्रहरी भ्यानमा राखिएको थियो। उक्त दृश्य फिल्मको कथाअनुसार तयार पारिएको प्रचारात्मक प्रस्तुति थियो। तर, यसबारे पूर्वजानकारी नहुँदा कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा दर्शकहरू झुक्किएका थिए।

कलाकारहरू वास्तवमै पक्राउ परेको हो कि भन्ने भ्रम सिर्जना भएपछि यस विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो। फिल्मको प्रचारका लागि अपनाइएको यस्तो शैलीलाई गैरजिम्मेवार र असंवेदनशील भन्दै आलोचना भइरहेको हो। विवाद चर्किएपछि फिल्मको टिमले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै उक्त दृश्य फिल्मको कथावस्तुअनुसार तयार गरिएको काल्पनिक दृश्य भएको स्पष्ट पारेको थियो।