Skip to main content
राजनीतिRatopati

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Read the full story at Ratopati

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ६५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ कायम भएको छ ।