Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

किसानलाई धान थन्क्याउने चटारो

Read the full story at Onlinekhabar (Nepali)

किसानलाई धान थन्क्याउने चटारो

२९ कात्तिक, तेह्रथुम । तेह्रथुमका गाउँघरमा यतिबेला धान काट्ने, सुकाउने र भित्र्याउने कामले किसानलाई भ्याइ नभ्याइ छ । असार–साउनमा रोपेको धान पाकेर खेतभरि पहेँलिएको छ । वर्षभरि गरेको मेहनतको फल घरभित्र्याउने समय आएसँगै तेह्रथुमका किसानलाई धान थन्क्याउने चटारो परेको छ । किसानका लागि यो समय खुसीसँगै चिन्ताको पनि हो ।

खेतमा पाकेर पहेँलिएको धान समयमै भित्र्याउन नसके वर्षा, हावाहुरी र अन्य प्राकृतिक प्रकोपले क्षति पुर्याउने डर उत्तिकै छ । त्यसैले बिहानको झिसमिसेदेखि साँझ नपरेसम्म किसान खेतबारीमै व्यस्त देखिन्छन् । कोही कचिया लिएर धान काटिरहेका छन् त कोही काटेको धान बोकेर खलियानसम्म पुर्याउन व्यस्त छन् । कतै धानका बिटा लगाइँदै छ भने कतै दाउनी गरेर धान र पराल छुट्याउने काम भइरहेको छ । म्याङलुङ नगरपालिका–५ का किसान खेम लिम्बूका अनुसार पछिल्लो समय गाउँमा कृषि काम गर्ने मानिस पाउन कठिन हुँदै गएको छ ।

पहिले गाउँका युवा, महिला र पुरुष मिलेर सामूहिक रूपमा खेतीपाती गर्ने चलन थियो। अहिले रोजगारीका लागि युवा पुस्ता विदेशिने र शहर पस्ने क्रम बढेपछि गाउँमा खेतबारीको काम गर्ने उमेर ढल्केका मानिस मात्रै बढी छन् । नगद दिएर कामदार खोज्दा पनि सहजै नपाइने अवस्था रहेको लिम्बूले बताए । धान काट्ने मौसममा गाउँघरमा देखिने अर्मपर्मको परम्परा अझै कायम छ ।