Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

Read the full story at Onlinekhabar (Nepali)

चीन प्रस्थान गरे रास्वपाका पदाधिकारीसहित २० सांसद

पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) निमन्त्रणामा रास्वपा प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । भ्रमणको समयावधि ११ दिनको हुनेछ ।

महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमण गर्न लागेको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा चीन जान लागेका छन् । भ्रमण टोलीका सदस्य डा.धनञ्जय रेग्मीले दुई देशको आपसी समझदारी र आत्मीय सम्बन्ध निर्माण गर्न भ्रमणलाईं फलदायी हुने विश्वास व्यक्त गरे ।

रास्वपा सांसदहरूको भ्रमणले नेपाललाई आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन लाभ पुर्‍याउन सक्ने विषयमा सहकार्यको आधार तयार गर्ने विश्वास रेग्मीले गरे । भ्रमणबाट राजनीतिक सम्बन्ध सुदृढीकरण र भावी उच्चस्तरीय भ्रमणको तयारीलाई सहयोग पुग्ने रेग्मीले अपेक्षा गरेका छन् ।