खुलामञ्चमा कांग्रेसले रोप्न थाल्यो दुबो (तस्बिरहरू)
Read the full story at Nepal Khabar

आफ्नो १५औँ महाधिवेशनका क्रममा क्षति भएपछि काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन नेपाली कांग्रेस आफैँ अग्रसर भएको छ। महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठुलो संख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनः रोपण तथा संरक्षण गर्न पार्टीका नेताकार्यकर्ता खुलामञ्चमा जुटेका हुन्। कांग्रेसले कार्यक्रमअघि नै सार्वजनिक स्थललाई प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धताअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम सुरु गरिएको हो। यस क्रममा आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता-कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका छन्। चितवनबाट ल्याइएको दुबो रोपिएको छ।
पार्टीका अनुसार पछिल्लो एक महिनादेखि नियमित सिँचाइ, मलखाद र मर्मतसम्भारको कामसमेत भइरहेको छ। नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए। कार्यक्रमअघि नै खुलामञ्च जुन अवस्थामा लिइएको हो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरिएको उनले स्मरण गरे। 'महाधिवेशन स्थलकाे रूपमा हामीले खुल्ला मञ्च प्रयोग गर्दा बर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ। दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो। त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो,' उनले भने।
उनले खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको संरक्षण सबैको दायित्व भएको बताए। कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन्। 'यो ऐतिहासिक धरोहर हो। काठमाडौँको मुटुमा रहेको टुँडिखेलको आफ्नै महत्त्व छ। यसको अस्तित्व र सौन्दर्य जोगाउनु हाम्रो पनि कर्तव्य हो। कसैले भनेर मात्र होइन, आफ्नो जिम्मेवारी सम्झेर हामी यहाँ आएका हौँ,' उनले भनिन्।
More politics
- राशिफल २९ कात्तिक : मिथुनको धार्मिक भ्रमण हुने, सिंहलाई साथीको सम्झनाले सताउने, तपाईँको दिन कस्तो?Nepal Khabar
- कालीमाटीमा आज यी तरकारी तथा फलफूलको थोक मूल्य कतिदेखि कतिसम्मNepal Khabar
- नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव सुरुNepal Khabar
- बालेनको भ्रमणअघि भारतको निर्णय : जनकपुरधाम–अयोध्या रेल सञ्चालन गर्नेNepal Khabar
- घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar
- आईजीपी हटाउने निर्णय सरकारको, पार्टीको होइन : रास्वपा प्रवक्ता (भिडिओ)Nepal Khabar