विराटनगरले दिएको झिनो लक्ष्य दुई अस्ट्रेलियन ब्याटरको प्रभावशाली प्रदर्शनमा सजिलै भेट्यो काठमाडौंले
Read the full story at Bizmandu
काठमाडौं। काठमाडौं गोर्खाजले विराटनगरक किंग्सलाई हराएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौंले विराटनगरमाथि ९ विकेटको प्रभावशाली ब्याटिङ गरेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निरीह ब्याटिङ गर्दै ८४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले ९.४ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो।
रसेलले काठमाडौंविरुद्ध प्रभाव छाड्न सकेनन्। काठमाडौंलाई लक्ष्यसम्म पुर्याउन दुई अस्ट्रेलियन ब्याटर प्रभावशाली रहे। काठमाडौंका डेभिड वार्नरले सर्वाधिक अविजित ४४ रन बनाउँदा विल बोसिस्टो २३ रनमा अविजित रहे। बलिङमा अपराजित पौडेलले १० रन बनाएका साहिल पटेललाई बोल्ड आउट गरेका थिए। त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १८.३ ओभरमा अलआउट हुँदै ८३ रन बनाएको थियो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगर ८.३ ओभरमा पुग्दा ३०-६ को लज्जास्पद स्थितिमा पुगिसकेको थियो। यहाँबाट हेर्दा उसले जनकपुरको एनपीएल इतिहासकै कम स्कोरको खराव कीर्तिमान तोड्ने देखिन थालेको थियो। जनकपुरले ५१ रनमा अलआउट हुँदै यो खराब कीर्तिमान आफ्नो नाममा राखेको छ। ब्याटिङमा वार्नर। शीर्षक्रम र मध्यक्रमका ब्याटर नचले पनि तल्लो क्रमका रुपेश सिंहले २६ र मध्यक्रमका एन्जेलो म्याथ्युजले २२ रन बनाउँदै विराटनगरको गर्जो टारे।
More business
- ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैनNepal Khabar
- पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन मागNepal Khabar
- पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैन : अर्थमन्त्री वाग्लेNepal Khabar
- एलजीका घरायसी उपकरणमा २५ प्रतिशतसम्म ‘क्यासब्याक’, दशैँ–तिहार अफर छठसम्म (भिडिओ)Nepal Khabar
- १०० अर्ब डलरको अर्थतन्त्र बनाउन पूर्वाधारमा लगानी आवश्यक : पाण्डेNepal Khabar
- चकलेटी रङको ल्याब्राडोर कुकुरले देखाएको करामत!Setopati