Skip to main content
राजनीतिRatopati

'मुगु र हुम्लाका स्थानीयबिच जडीबुटी संकलनका विषयमा हुँदै आएको विवाद समाधान गरिनेछ'

Read the full story at Ratopati

'मुगु र हुम्लाका स्थानीयबिच जडीबुटी संकलनका विषयमा हुँदै आएको विवाद समाधान गरिनेछ'

मुगु । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले जडीबुटी सङ्कलन गर्न जाँदा मृत्यु भएका पीडित परिवारलाई भेटेका छन्। पीडित परिवारलाई भेट्न करिब २ घन्टा पैदल यात्रा गरेर मुख्यमन्त्री शाही मुगुकाे मुगुम कार्माराेङ गाउँपालिका-९, पापु पुगेका हुन्।

स्थानीयका अनुसार उनीहरू हुम्लाको चंखेली गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकाको सीमावर्ती मिमी सामुदायिक वन क्षेत्रमा पुगेका थिए । घटनापछि भाग्नेक्रममा पापुका २२ वर्षीय गणेशबहादुर बुढाकाे मृत्युु भएकाे दाबी पापुबासीकाे छ। यस्तै २६ वर्षीय अङ्गबहादुर रोकाया र ३६ वर्षीय ललितजङ्ग बडुवालकाे हिउँमा पुरिएर मृत्यु भएकाे थियाे ।

साथै पीडित परिवारले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाही गर्न र आफ्नो प्राकृतिक स्रोतसाधनको निर्वाध उपयोग गर्न पाउने वातावरण बनाउन मुख्यमन्त्रीसँग माग गरे । उनीहरूले जिल्ला प्रहरी कार्यालय मुगुमा घटनासम्बन्धी जाहेरी दिएर दोषीमाथि कारबाहीको माग गरे पनि प्रहरीले घटनाकाे अनुसन्धानमा आलटाल गरिरहेकाे बताए। 'मुगु र हुम्लाका स्थानीयबिच जडीबुटी संकलनका विषयमा हुँदै आएको विवाद समाधानका लागि म आफ्नो तर्फबाट पहल गर्नेछु,' शाहीले‌ भने ।