Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

काकाकिकीको कुरा : झुक्किए हर्क साम्पाङ, झोक्किए हर्क साम्पाङ

Read the full story at Onlinekhabar (Nepali)

काकाकिकीको कुरा : झुक्किए हर्क साम्पाङ, झोक्किए हर्क साम्पाङ

‘दिग्गज अभिनेत्री गौरी मल्ल, तगडा स्ट्यान्डअप कमेडियन मनोज गजुरेललाई प्रहरीले ठाउँको ठाउँबाट उठाए । हातकडी लगाए । अनि भ्यानमा हालेर कतै लगे । ’ यसो भन्दा कसको कान ठाडो हुँदैन ? कसको मनमा ढ्याङ्ग्रो बज्दैन ? अपवाद होइनन् नि हर्क साम्पाङ । उनको पनि त आममान्छेको जस्तै मांसपिण्डले निर्मित शरीर हो ।

त्यहाँभित्र मन छ, त्यहाँभित्र मुटु छ । उनको कानले सुने वा सामाजिक सञ्जालमा देखे, ‘जल्दो बल्दो कलाकारलाई दिनदहाडै प्रहरीले उठाएर लगे । ’ यति कुरा सुनेपछि हर्क साम्पाङ चुप लागेर बस्छन् त ? उनको धैर्यको बाँध टुटिहाल्यो । अन्ततः उनले उही आफ्नो खरानी पृष्ठभूमिको फेसबुक टाइमलाइनमा लेखिहाले, ‘गौरी मल्ल, मनोज गजुरेल आदिलाई किन पक्रेको ?’ उनले यसमा चासो मात्र व्यक्त गरेनन् । बालेन सरकारलाई जवाफदेही बनाउन प्रश्न गरे, ‘जवाफ दे सरकार । ’ तर के जवाफ दिनु ?

यसको कुनै जवाफ नै त थिएन । किनभने यो ‘काकाकिकी’ नामको फिल्म टिमले अपनाएको फन्डा थियो । ट्रेलर सार्वजनिकलाई धमाकेदार बनाउन कसैले अपनाएको जुक्ति थियो । फिल्ममा कन्टेन्टभन्दा प्रचार बढी गर्ने जुन शैली छँदैछ । ‘बोल्नेको पीठो बिक्छ’ भन्ने उखान सुन्दै आएका फिल्म निर्माण टिम यो गुरुमन्त्रबाट किन पो पछि हट्थे र ? उनीहरूले ठूलै हल्लीखल्ली मच्चाउन यस्तो कोरियोग्राफी गरिदिए । ‘उल्लु बनाया, बडा मज्जा आया’ भने जसरी उनीहरूले सामाजिक सञ्जालमा ठूलै हल्लीखल्ली मच्चाइदिए ।