Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

बाँदरबाट जोगिने विकल्प बन्दै अदुवाखेती, किसानको आम्दानी बढ्ने आशा

Read the full story at Onlinekhabar (Nepali)

बाँदरबाट जोगिने विकल्प बन्दै अदुवाखेती, किसानको आम्दानी बढ्ने आशा

२९ कात्तिक, भोजपुर । भोजपुरमा बाँदरको समस्याका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि किसान अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । बाँदरले मकै, कोदोलगायतका बालीमा क्षति पुर्याउने समस्या बढ्दै गएपछि किसानले अदुवाखेतीलाई वैकल्पिक आयआर्जनको माध्यम बनाउन थालेका हुन् । भोजपुर नगरपालिका–६ की किसान गीता खड्काले बाँदरको समस्या बढ्दै गएपछि अदुवाखेती गर्न थालेको बताइन् ।

जमिनमुनि गाँना हुने भएकाले अदुवा बाँदरबाट सुरक्षित बाली रहेको उनको भनाइ छ । व्यावसायिक रूपमा खेती गर्नसके अदुवाबाट परम्परागत खाद्यबालीभन्दा राम्रो आम्दानी लिन सकिने उनले बताइन् । बाँदरबाट खाद्यबाली जोगाउन कठिन हुने अवस्थामा अदुवाखेती तुलनात्मक रूपमा सहज हुने भएकाले आफू यसतर्फ आकर्षित भएको खड्काको भनाइ छ । बाँदरको हैरानीका कारण खेतीपातीमा समस्या भोगिरहेका किसानका लागि अदुवाखेती विकल्प बनेको उनले बताइन् ।

अर्की किसान सावित्रा पोखरेलले करिब डेढ रोपनी क्षेत्रफलमा अदुवाखेती गरिरहेकी छन् । अदुवाखेतीको क्षेत्र अझ विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । बाँदरको समस्याका कारण अन्य खाद्यबाली लगाउन कठिन भएपछि अदुवाखेतीलाई प्राथमिकता दिएको पोखरेल बताउँछिन् । अदुवाखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना देखेपछि यसको उत्पादनमा लागेको उनको भनाइ छ ।