सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
Read the full story at Ratopati

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्। मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र आपसी सद्भाव सुदृढ पार्न प्रेरणा दिने छठ पर्वले सूर्य देवको आराधना गर्दै सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्ने उनले उल्लेख गरेका छन्।
विधिपूर्वक व्रत बस्दा मनोवाञ्छित फल पाइने र परिवारको कल्याण हुने जनविश्वास रहेको बताउँदै राष्ट्रपति पौडेलले तराई-मधेसबाट सुरु भई हाल पहाडी र हिमाली जिल्लामा समेत यो पर्व मनाउने चलन बढ्नु खुसीको विषय भएको जनाएका छन्। अन्तमा, उनले सामाजिक विभेद अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहने कामना गरेका छन्।
More politics
- गंगासागरमा छठ मनाउँदै निकिता पौडेल, शुरु गरिन् धार्मिक अनुष्ठानNepal Khabar
- विराटनगरमाथि रोमाञ्चक जितसँगै लुम्बिनी एनपीएलको पहिलो क्वालिफायरमाNepal Khabar
- राशिफल २९ कात्तिक : मिथुनको धार्मिक भ्रमण हुने, सिंहलाई साथीको सम्झनाले सताउने, तपाईँको दिन कस्तो?Nepal Khabar
- चोरी भएका देवमूर्ति स्वदेश फर्काउन विभिन्न देशका राजदूतको आग्रहNepal Khabar
- बालेनको भ्रमणअघि भारतको निर्णय : जनकपुरधाम–अयोध्या रेल सञ्चालन गर्नेNepal Khabar
- घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar