अब इतिहासमात्र सम्झेर हुँदैन: प्रकाशमान
Read the full story at Nagarik News

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब इतिहासको कुरा गरेर मात्र नहुने बताउँदै संगठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबार काठमाडौंमा आयोजित पूर्वसभापति शेरबहादुर देउवा पक्षको जिल्ला कार्यसमितिको १५औं नियमित अधिवेशनलाई सम्बोधन गर्दै सिंहले वर्तमानका मुद्दामा खरो उत्रिनुपर्ने बताए। ‘इतिहासको कुरा मात्र गरेर हुँदैन, वर्तमानका मुद्दामा पनि आफ्नो दृष्टिकोण स्पष्ट राखेर अघि बढ्नुपर्छ,’ उलने भने।
नेता सिंहले संगठनको आधारस्तम्भ नै स्थानीय तहमा काम गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै उनीहरूलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले पार्टीको संगठनलाई थप चलायमान बनाउन कार्यकर्तालाई फिल्डमा खटिन आग्रह गरे। ‘सङ्गठनमा जिल्लामै बसेर निरन्तर काम गर्ने र आफ्नो क्षेत्रमा खटिने कार्यकर्तालाई प्राथमिकता दिनुपर्छ,’ सिंहले भने, ‘राजधानीमा बसेर जिल्लाको सङ्गठन चलाउने होइन, सबैले आ–आफ्नो ठाउँमा जिम्मेवारी लिएर सङ्गठन निर्माणमा लाग्नुपर्छ।
’ उनले कार्यकर्तालाई जनताको माझमा पुगेर काम गर्न निर्देशन दिए। संगठन बलियो बनाउने एकमात्र विकल्प भनेको जनतासँग भिज्नु र उनीहरूका समस्यामा साथ दिनु भएको उनको भनाइ थियो। ‘नेताको नजिक भएर मात्र हुँदैन, जनतामाझ पुगेर उनीहरूका भावना र आवश्यकता बुझ्नुपर्छ,’ उनले भने, ‘जनता धेरै अगाडि बढिसकेका छन्, अब हामी पनि जनतामाझ अझ बढी भिजेर काम गरौँ।
More politics
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar
- मन्त्री बादीद्वारा सुर्खेत रङ्गशालाको अनुगमनNepal Khabar
- लुम्बिनीविरुद्ध काठमाडौंले पहिले ब्याटिङ गर्नेNepal Khabar
- बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्डNepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar