बालेन सरकारको काम गराइ हिन्दी जासुसी फिल्म जस्तो: प्रचण्ड
Read the full story at Nepal Khabar

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको काम गराइलाई हिन्दी जासुसी फिल्म जस्तो विचित्रको भएको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धरको 'कर्णाली उपेक्षा र उज्यालो' पुस्तक विमोचन कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले आफूलाई अपदस्थ गर्दा अहिलेको अवस्था आएको जिकिर गरेका छन्। आफूले सुशासनको अभियान चलाउँदा अपदस्थ गरिएको आरोप लगाए। 'जसले गणतन्त्र, संघीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाएको भए त अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो।
दिइएको छैन,' प्रचण्डले थपे, 'तपाईंहरू राम्रोसँग हेर्नुहोला, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरियो। ' त्यसपछि आएको सरकारले काम गर्न नसकेको उनको जिकिर थियो। आफूले भन्दाभन्दै पनि सरकारले गति लिन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ। 'हामीलाई अपदस्थ गरिएपछि देश दुर्घटनामा जान्छ। यो संविधानको मर्म विपरीत पनि छ, लोकतन्त्रको मर्म विपरीत पनि छ।
अब जाने भयो दुर्घटनामा भनेर खबरदारी गर्दागर्दै गयो। गर्दागर्दै गईपो हाल्यो,' प्रचण्डले भने, 'अब अहिले त अनौठो खालको सरकार हामीले भोगेका छौँ। ' राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको काम गराईलाई उनले हिन्दी जासुसी फिल्मसँग तुलना गरे।
More politics
- आजदेखि भाइटीकासम्म कस्तो होला मौसमNepal Khabar
- ‘डा गोविन्द केसीको अन्तिम अनशन’ भनिएको सहमतिका ६ बुँदामा के-के छन्Nepal Khabar
- तिहारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- इमानदार भएर जनपक्षीय काम गर्न सकूँNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar