‘डा गोविन्द केसीको अन्तिम अनशन’ भनिएको सहमतिका ६ बुँदामा के-के छन्
Read the full story at Nepal Khabar

चिकित्सा शिक्षा सुधारका लागि २५औँ सत्याग्रहमा बसेका प्रा डा गोविन्द केसी र नेपाल सरकारबिच आज कात्तिक २१ गते बिहान ६ बुँदे सहमति भएको छ। डा. गोविन्द केसी र सरकारबिच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा.
जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्। १. चिकित्सा शिक्षा आयोगको मिति २०८३ असोज ३० गतेको निर्णयबमोजिम सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको अनुमति प्रदान तथा सिट संख्या निर्धारण गर्ने; आर्मी मेडिकल कलेज (नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान) लाई एमबीबीएसमा सिट संख्या थप गरिएको निर्णय मापदण्ड बमोजिम भए नभएको निर्क्योल गर्न प्रा. डा.
रमेशप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने। उक्त समितिले सरकारलाई प्रतिवेदन पेस गर्ने तथा सरकारले उक्त प्रतिवेदनको सिफारिस लागु गरेपछि चिकित्सा शिक्षा साझा प्रवेश परीक्षाबाट उत्तीर्ण विद्यार्थीहरूको म्याचिङ गर्ने। कार्यक्रमको अनुमति दिँदा वा सिट थप गर्दा मापदण्डबमोजिम नभएको वा स्वार्थको द्वन्द्व भएको पाइएमा त्यसमा संलग्न आयोग, विश्वविद्यालय तथा मेडिकल कलेजका पदाधिकारी लगायतका व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउने। २.
More politics
- जाइकाले सुरु गर्यो बीपी राजमार्गको पुनर्निर्माणNepal Khabar
- मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदलNepal Khabar
- आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar
- आजदेखि भाइटीकासम्म कस्तो होला मौसमNepal Khabar
- तिहारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- इमानदार भएर जनपक्षीय काम गर्न सकूँNepal Khabar
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar