माटोको सुवास बोकेका रैथाने उत्पादन देशैभरका भान्छामा पुग्नुपर्छ: सभामुख अर्याल
Read the full story at Nagarik News

सभामुख डोलप्रसाद (डिपी) अर्यालले रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि सरकारले नियमित रूपमा सहजीकरण गर्नुपर्ने बताएका छन्। काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बागमती प्रादेशिक कार्यालय परिसरमा आयोजित तीनदिने ‘रैथाने मेला’ को अवलोकनका क्रममा आज उनले यस्तो धारणा राखेका हुन्। अवलोकनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभामुख अर्यालले किसानलाई उत्पादनसँगै प्रचारप्रसार र बजारीकरणमा समय दिन कठिन हुने भएकाले सरकारले बजार विस्तारमा अभिभावकीय भूमिका खेल्नुपर्ने खाँचो औंल्याए।
उनले यस्ता मेलालाई काठमाडौंमा मात्र सीमित नराखी देशका अन्य ठूला सहर तथा बजारहरूमा समेत विस्तार गर्नुपर्नेमा जोड दिए। नियमित रूपमा मेला आयोजना हुँदा किसानले आफ्ना उत्पादन सिधै उपभोक्तासमक्ष पुर्याउन पाउने र नागरिकले पनि विभिन्न भूगोलका रैथाने उत्पादनबारे प्रत्यक्ष जानकारी पाउने उनको भनाइ थियो। सभामुख अर्यालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङलगायतका सरकारी संस्थान तथा सञ्चारमाध्यमले किसानका उत्पादनलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्नुपर्ने बताए।
काठमाडौं उपत्यकाका उपभोक्ताका लागि स्थानीय उत्पादन परिचित भए पनि बाहिरी तथा दुर्गम जिल्लाका उत्पादनको यस्तो प्रदर्शनीले नयाँ बजार र उपभोक्ता जोड्न ठूलो मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।
More politics
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar