Skip to main content
राजनीतिNepal Khabar

युवराजको शतकमा पोखराको दुई सय रन पार

Read the full story at Nepal Khabar

युवराजको शतकमा पोखराको दुई सय रन पार

ओपनर युवराज सामराको शतक र कुशल भुर्तेलको अर्धशतक सहयोगमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु २१८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २१७ रनको योगफल तयार पारेको छ। जारी सिजन पहिलो पटक दुई सय माथिको योगफल तयार भएको हो। एनपीएलमा बनेको यो दोस्रो ठूलो लक्ष्य हो। समग्रमा एनपीएलमा दुई सय रनको योगफल पूरा भएको तेस्रो हो। यसअघि दोस्रो सिजनमा विराटनगरले पोखराविरुद्ध २२० र कर्णालीविरुद्ध पोखराले २०१ रन बनाएको थियो।

पोखराका लागि युवराजले ४५ बलमा १० चौका र ६ छक्का सहयोगमा शतक पूरा गरेका हुन्। जारी एनपीएलमा बनेको यो पहिलो शतक हो। उनले ४८ बलमा १०२ रन बनाउँदा मार्क वाटको बलमा अरिफुल स्लामको बलमा क्याच आउट भए। एनपीएलको तीन सिजनमा चार खेलाडीले शतक बनाए। चारै शतक विदेशी खेलाडीको नाममा रह्यो। एनपीएल इतिहासमा अहिलेसम्म प्लेअफ पुग्न नसकेको पोखराका लागि तीन खेलाडीले शतक हानेका छन्।

दोस्रो विकेटका लागि युवराज र कुशल भुर्तेलले १३६ रनको साझेदारी गरे। कुशल ३९ बलमा सात चौका सहयोगमा ६२ रन बनाउँदा सोमपालकै बलमा विकेट किपरको हातबाट क्याच आउट भए। कुशलले २८ बलमा ६ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए। ओपनर मेहदी हसन १६ बलमा पाँच रन बनाउँदा सोमपालकै बलमा क्याच आउट भए।