एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचल
Read the full story at Nepal Khabar

विश्वकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ चिनियाँ जासुस भएको आशंका गरिएकी एक व्यवसायीसँगको सम्बन्धका कारण विवादमा तानिएका छन्। अमेरिकी गुप्तचर निकायले यसअघि नै ती महिलामार्फत चीनको बेइजिङमा संवेदनशील सूचना पुगिरहेको आशंका व्यक्त गरेको थियो। उनैसँग सम्बन्ध रहेको स्वीकार गरेपछि एनभिडियाको सञ्चालक समितिले ह्वाङमाथि स्वतन्त्र अनुसन्धान सुरु गरेको हो। एनभिडियाका सीईओ जेन्सेनकी नयाँ प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकाको प्रविधि क्षेत्रमा हलचल निम्त्याएको छ। यो घटनालाई प्रविधि क्षेत्रमा मात्रै होइन राष्ट्रिय सुरक्षाससँग समेत जोडेर विश्लेषण भइरहेको छ।
द न्युयोर्क टाइम्स र फाइनान्सियल टाइम्सका रिपोर्टअनुसार, एलिस ह्वाङ नाम गरेकी ती महिला क्लाउड सेवा प्रदायक कम्पनी मेगास्पिडसँग आबद्ध छिन्। मेगास्पिड एनभिडियाको ग्राहकसमेत हो। अमेरिकी गुप्तचर निकायले एलिस ह्वाङले चीनलाई सूचना उपलब्ध गराइरहेको आशंका गरेका छन्। आइतबार एनभिडियाका कर्मचारीलाई इमेल पठाउँदै जेन्सेन ह्वाङले ती महिलासँग आफ्नो विवाहइतर सम्बन्ध रहेको स्वीकार गरेका छन्। उनले आफूले पत्नी र सन्तानलाई चोट पुर्याएको भन्दै माफीसमेत मागेका छन्।
'मैले आफ्नी पत्नीप्रति बेइमानी गरेँ। मेरो व्यवहारले उनलाई र हाम्रा सन्तानलाई चोट पुर्याएको छ। मैले गरेको कामको कुनै बहाना छैन।
More politics
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- जीप ब्याक गर्दा दुर्घटना, दुई यात्रुको मृत्यु, १३ घाइतेNepal Khabar