भारतमा दिवालीको राति आगलागीबाट २३ जनाको मृत्यु
Read the full story at Onlinekhabar (Nepali)

दिवालीको राति भारतका विभिन्न सहरमा पटाका र अन्य कारणले भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते र केही बेपत्ता भएका छन्। २३ कात्तिक, नयाँ दिल्ली । दिवालीको राति भारतका विभिन्न सहरमा पटाका र अन्य कारणले भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते र केही बेपत्ता भएका छन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार, सबैभन्दा धेरै मानवीय क्षति मध्य प्रदेशमा भएको छ, जहाँ तीन छुट्टाछुट्टै घरमा आगलागी हुँदा १३ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, महाराष्ट्रको धाराशिव जिल्लास्थित एक घरमा बसोबास गर्ने एउटै परिवारका ६ जनाको मृत्यु भएको छ। मुम्बईको लोखण्डवालामा भएको अर्को आगलागीको घटनामा पनि एक जनाले ज्यान गुमाएका छन्। उक्त दुर्घटनामा तीनवटा पसल र कैयौँ दुईपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन्। उता, दिल्लीको नरेलामा रकेट पटाका पेटमा लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ।
मध्य प्रदेशको कटनी जिल्लामा घरमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिनाको शिशुसहित ३ जना बालबालिका समेत छन्। त्यस्तै, मध्य प्रदेशकै सिवनी जिल्लामा एक सुनचाँदी व्यवसायीको घर र पसल जलेर खरानी हुँदा १६ वर्षीय किशोरसहित ६ जनाले ज्यान गुमाएका छन्। मध्य प्रदेशका घटनामा मृत्यु हुनेमा ५ महिला, ३ पुरुष र ४ बालबालिका रहेका छन्।
More politics
- तेस्रो एनपीएलमा पोखराका ओपनर सामराले हाने पहिलो शतकNepal Khabar
- ‘यात्रा- खुला किताब हो’ गीत सार्वजनिक (भिडिओ)Nepal Khabar
- बात बहादुर होइन, काम बहादुर बनौँ: ओलीNepal Khabar
- युवराजको शतकमा पोखराको दुई सय रन पारNepal Khabar
- सवारी दुर्घटना: ७ जनाको मृत्यु, २०६ घाइते (मृतकको नामावली)Nepal Khabar
- एनभिडियाका सीईओ जेन्सेनकी प्रेमिका चिनियाँ जासुस रहेको आरोपले अमेरिकामा हलचलNepal Khabar