दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ
Read the full story at Nagarik News

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’ सम्पन्न गरेकाे छ। दाङको घोराहीस्थित कौशी होटलमा राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा संगीतज्ञ गोविन्दराज श्रेष्ठ प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे। कार्यक्रममा भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरी, वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा.
गोविन्द आचार्य र राप्ती साहित्य परिषद् केन्द्रीय समितिका सल्लाहकार तथा पूर्वअध्यक्ष पुरुषोत्तम खनाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए। परिषद्का सचिव घनश्याम केसीले सञ्चालन गरेकाे कार्यक्रममा कार्यक्रममा सुरेशकुमार पाण्डेयले शब्दमार्फत अतिथिजनकाे स्वागत गरेका थिए। महाकवि देवकोटाका साहित्यिक तथा सांस्कृतिक योगदानको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा कवि तथा गायकहरू डा. गोविन्दाचार्य, नारायण नेपाल, राजेन्द्र श्रेष्ठ, अम्बिका रिजाल, पिताम्बर रिजाल र गोविन्द मधुर आचार्यले कविता, गीत तथा सांगीतिक प्रस्तुति दिएका थिए।
उनीहरूका प्रस्तुतिले कार्यक्रमलाई थप साहित्यिक, सांगीतिक र मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममा वाद्यवादनतर्फ रामहरि रिजाल र सुशीलकुमार गुप्ताले साथ दिएका थिए। कार्यक्रमका अध्यक्ष यम रेग्मीले कार्यक्रमको उद्देश्य, महत्त्व र औचित्यबारे स्पष्ट पारेका थिए।
More politics
- मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदलNepal Khabar
- आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar
- तिहारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- इमानदार भएर जनपक्षीय काम गर्न सकूँNepal Khabar
- आजदेखि भाइटीकासम्म कस्तो होला मौसमNepal Khabar
- ‘डा गोविन्द केसीको अन्तिम अनशन’ भनिएको सहमतिका ६ बुँदामा के-के छन्Nepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar