क्रिप्टोको प्रयोगले मुलुक भित्रिने र बाहिरिने रकमको निगरानीमा समस्या
Read the full story at Himal Khabar

ब्लकचेन एकदम छिटो चल्छ। चेकजाँचको कामले ढिलो गराउने हो। कसले रकम पठायो? यो सम्पत्ति शुद्धीकरण हो कि होइन? कति विदेशी रकम देशमा भित्रिरहेको छ? र, कति चाहिं बाहिर लैजान दिन हुन्छ? यी नियम र चेकजाँच हटाउनासाथ दुवै दिशामा पैसा चेनको गतिमा चल्छ।
बाहिरिने रकम राष्ट्र ब्यांकले देख्नुअघि नै बाहिर गइसकेको हुन्छ। २०८३ भदौ १० गते बिहान रसुवास्थित लाङटाङ लिरूङ हिमालको एक हिस्सा भासिएर ल्हेन्दे खोलामा खस्यो। भदौ मसान्तसम्म मृतक मानिसको संख्या १४ सय नाघिसकेको थियो, हजारौं बेपत्ता थिए। तीन जिल्लाका बस्ती, सडक तथा पुल बाढीले बगाउनुको साथै लेदोले पुरेको थियो। बाढीको नौ दिनपछि एउटा वेबसाइट देखापर्यो – एउटा डिजिटल थैली (क्रिप्टो वालेट) को ठेगाना र एउटा काउन्टरसहित। नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि संसारभरबाट कति क्रिप्टोकरेन्सी पठाइयो भन्ने त्यस काउन्टरले देखाउँथ्यो। त्यसको तीन दिनपछि भदौ २२ गते त्यसमा एक लाख ७४ हजार ८३१ डलर लेखिएको थियो।
त्यसैदिन अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यो रकममध्ये कोषमा अहिलेसम्म कति आइपुगेको छ भनेर बताए। दुवै अंक सही हुन्। तर ती दुई बीचको दूरी के हो? यो कुरा सर्वसाधारणले नबुझिदिए हुन्थ्यो भन्ने क्रिप्टोकरेन्सी प्रवर्द्धकहरू चाहन्छन्। क्रिप्टोकरेन्सी के हो? यो कसरी चल्छ? यसबारे थाहा पाउन एउटा आमा समूहलाई उदाहरण मानौं।
More politics
- दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णयNepal Khabar
- प्रदीप र सनिशाले सुरु गरे ‘शुभ विवाह’ को डबिङNepal Khabar
- आईजीपी हटाउन ‘अर्जेन्ट’ बोलाइएको थियो मन्त्रिपरिषद्को बैठकNepal Khabar
- सवारी दुर्घटना: ६ जनाको मृत्यु, १२६ घाइतेNepal Khabar
- पार्टीको निर्देशनपछि आईजीपीको जिम्मेवारी फेरबदल गरिएको हो: सरकारका प्रवक्ताNepal Khabar
- ३० वर्षअघि वामदेवले खरेललाई हटाए जस्तै गरि हटाइयो आईजीपी कार्कीलाईNepal Khabar