Skip to main content
राजनीतिNepal Khabar2 outlets covering

पार्टीको निर्देशनपछि आईजीपीको जिम्मेवारी फेरबदल गरिएको हो: सरकारका प्रवक्ता

Read the full story at Nepal Khabar

पार्टीको निर्देशनपछि आईजीपीको जिम्मेवारी फेरबदल गरिएको हो: सरकारका प्रवक्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। उनको ठाउँमा एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता पोखरेलले पार्टीको निर्देशनमै आईजीपी फेरबदल गरिएको प्रतिक्रिया दिए। 'संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भनेर पार्टीबाट पनि निर्देशन आएको थियो,' पोखरेलले भने, 'त्यो भएको हुनाले जिम्मेवारी फेरबदल गरेको हो। ' यसलाई कारबाहीका रुपमा लिन नहुने उनको भनाइ थियो।

'उहाँलाई कारबाही होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो,' पोखरेलले भने।