Skip to main content
राजनीतिNepal Khabar

प्रदीप र सनिशाले सुरु गरे ‘शुभ विवाह’ को डबिङ

Read the full story at Nepal Khabar

प्रदीप र सनिशाले सुरु गरे ‘शुभ विवाह’ को डबिङ

फिल्म 'शुभ विवाह' को धमाधम डबिङ भइरहेको छ। सुदर्शन थापा निर्देशित फिल्ममा प्रदीप खड्का, सनीशा भट्टराईलगायत कलाकार डबिङको काममा व्यस्त छन्। सुपर हिट फिल्म 'प्रेम गीत' पछि निर्देशक सुदर्शन र प्रदीपबीच लामो समयपछि यसै फिल्ममार्फत पुनर्मिलन भएको हो।

फिल्ममा प्रदीप र सनीशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लगायतको अभिनय छ। प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा रहेको फिल्मको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन्।

यो फिल्म आगामी फागुन २१ बाट हलमा लाग्नेछ। फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन (डीओपी), मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, विक्रम स्वारको नृत्य निर्देशन र साहिल खानको ट्रेलर सम्पादन रहनेछ।