Skip to main content
राजनीतिNepal Khabar

३० वर्षअघि वामदेवले खरेललाई हटाए जस्तै गरि हटाइयो आईजीपी कार्कीलाई

Read the full story at Nepal Khabar

३० वर्षअघि वामदेवले खरेललाई हटाए जस्तै गरि हटाइयो आईजीपी कार्कीलाई

सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर ३० वर्षअघिकै घटना दोहोर्‍याएको छ। २०५३ चैतमा तत्कालीन सरकारले अच्युतकृष्ण खरेललाई हटाए जसरी नै बुधबार दानबहादुर कार्कीलाई हटाइएको हो। कार्कीलाई हटाएर सरकारले आफू अनुकुलका एआईजी मनोजकुमार केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ। केसीभन्दा वरियतामा राजन अधिकारी अगाडि थिए। तत्कालीन गृहमन्त्री बामदेव गौतमले पनि खरेललाई हटाएर एआईजी ध्रुवबहादुर प्रधानलाई आईजीपीको जिम्मेवारी दिएको थियो। प्रधान त्यतिबेला ३६ दिनमै हटेका थिए।

कार्कीले पनि एक वर्ष पूरा गर्न पाएनन्। आईजीपी नियुक्त भएका एआईजी केसी कार्कीकै ब्याची हुन्। प्रहरी निरीक्षकमा २०५४ सालमा सँगै भर्ना भएका थिए। एआईजीसम्म सँगै बढुवा भएका थिए। प्रधानलाई त्यतिबेला अनुसन्धान विभागको प्रमुख बनाइएको थियो। तर त्यहाँ गोविन्द थापा कार्यरत थिए।

उनलाई विशेष प्रहरीमा सरुवा गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध खरेल सर्वोच्च अदालत गएका थिए। तर अदालतले तत्काल कुनै निर्णय दिन सकेन। पछि लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार ढल्यो। त्यसपछि सूर्यबहादुर थापा नेतृत्वको सरकार बनेपछि खरेललाई आईजीपीमा फिर्ता गर्दै प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरिएको थियो। यो सरकारले अनुसन्धान विभागका थापालाई पनि पहिलेकै जिम्मेवारीमा फर्काएको थियो।