छठ पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुको सट्टा संकुचित गर्न खोजियो: प्रभु साह
Read the full story at Nagarik News

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले छठ पर्वलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरी अन्तर्राष्ट्रियकरण गर्नुको साटो क्षेत्रीय पर्वको रूपमा सीमित गराउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। साहले वैज्ञानिक महत्व बोकेको यस पर्वलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गर्न पहल गर्नुपर्नेमा केही नेताहरूले यसलाई जनकपुर र वीरगञ्जमा मात्र सीमित गराउन खोजेको आरोप लगाएका छन्।
चार दिनसम्म मनाइने यस पर्वमा सरकारले दुई दिन मात्र सार्वजनिक बिदा दिएर ठूलो काम गरेको भन्दै प्रचार गरेकोमा पनि उनले असन्तुष्टि व्यक्त गरेका छन्। छठ पर्व मधेशमा मात्र नभई सिंगो देश र विदेशमा समेत फैलिएको उल्लेख गर्दै साहले यसलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सूर्य उपासनाको यस महापर्वको अवसरमा सबै व्रतालुहरूलाई शुभकामना दिँदै समाजमा प्रेम, सद्भाव र एकताको भावना प्रगाढ बनाउन आह्वान गरेका छन्।
More society
- Nākaloka makes Kathmandu debut with an evening of music, devotion and silenceKathmandu Post
- India pulled 500m people out of poverty. Many of them still barely surviveAl Jazeera
- महिला अधिकारका लागि शताब्दियौंको संघर्ष, हिंसा भने अझै उस्तैOnlinekhabar (Nepali)
- New York woman’s $2 million pain award cut to $1.35 million or new trial orderedTimes of India
- मन्दिरमा भयो ‘हनुमान अंश’को सक्सेस पार्टी : भजन–आरती, पाहुनालाई सात्त्विक भोजनOnlinekhabar (Nepali)
- २२ करोड रुपैयाँको हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध जालोका मुख्य नाइकेDC Nepal