२२ करोड रुपैयाँको हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध जालोका मुख्य नाइके
Read the full story at DC Nepal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलोग्राम सेतो हेरोइनसहित पक्राउ परेका भारतीय नागरिक अन्तर्राष्ट्रिय लागुऔषध कारोबार सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। भारतको महाराष्ट्रस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारेले यसअघि पनि नेपाललाई ट्रान्जिट बनाउँदै दुई पटक लागुऔषध सफलतापूर्वक भारत पुर्याएको खुल्न आएको छ। लागुऔषध नियन्त्रण ब्युरोको विमानस्थलस्थित शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई गत कात्तिक महिनामा पक्राउ गरेको थियो।
बरामद गरिएको उक्त हेरोइनको बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा तिघारेले अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर लामो समयदेखि लागुऔषधको अवैध ओसारपसारमा संलग्न रहेको तथ्य फेला परेको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ र यस सञ्जालमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।
यो घटनाले नेपाललाई लागुऔषध तस्करहरूले ट्रान्जिटका रूपमा प्रयोग गरिरहेको गम्भीर चुनौतीलाई पुनः उजागर गरेको छ।
In English
Indian citizen arrested with Rs 22 crore worth of heroin is the main ringleader of an international drug network
Police investigation has revealed that the Indian citizen arrested with five and a half kilograms of white heroin from Tribhuvan International Airport is the main person in an international drug trafficking network. It has come to light that 52-year-old Revaramaj Tighare from Pune, Maharashtra, India, had previously successfully transported drugs to India twice using Nepal as a transit point. A police team deployed from the airport branch of the Narcotics Control Bureau had arrested him last Khatik. The police have informed that the market value of the seized heroin is approximately Rs 22 crore. During the investigation, it was found that Tighare had been involved in the illegal trafficking of drugs for a long time in collaboration with an international group. The police have stated that further investigation is ongoing and they are searching for other individuals involved in this network. This incident has once again highlighted the serious challenge of Nepal being used as a transit route by drug traffickers.
Machine translation — the original above is the story as filed.
More society
- आज छठ पर्वको मुख्य दिन, यसो भन्छ सूर्य पुराणNepal Khabar
- तिहारपछि ह्वात्तै घटेको सुनको भाउ आज अरू ओरालोNepal Khabar
- Nākaloka makes Kathmandu debut with an evening of music, devotion and silenceKathmandu Post
- महिला लघुवित्तको नाफा ११५.७६ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी ८०.४० रुपैयाँBizmandu
- Geopolitics won’t affect Interpol assembly, ‘inevitable’ police cooperation: Joe ChowSouth China Morning Post
- तेलुगु फिल्मका लोकप्रिय अभिनेता तथा निर्देशक गिरी बाबुको निधनRatopati