Skip to main content
समाजOnlinekhabar (Nepali)

मन्दिरमा भयो ‘हनुमान अंश’को सक्सेस पार्टी : भजन–आरती, पाहुनालाई सात्त्विक भोजन

Read the full story at Onlinekhabar (Nepali)

मन्दिरमा भयो ‘हनुमान अंश’को सक्सेस पार्टी : भजन–आरती, पाहुनालाई सात्त्विक भोजन

कार्तिक आर्यन मुम्बईको जुहुस्थित इस्कोन मन्दिरमा फिल्म ‘हनुमान अंश’को सफलताको उत्सवमा सहभागी भएका छन् । फिल्मले हलमा प्रदर्शनको १०० दिन पूरा गरेको अवसरमा निर्माण पक्षले उक्त कार्यक्रम आयोजना गरेको हो । करिब १ करोड ५० लाखदेखि २ करोड भारतीय रुपैयाँको बजेटमा बनेको यस फिल्मले भारतमा ३४२ करोड ८६ लाख भारु नेट र विश्वभर ४५३ करोड ३३ लाख भारु ग्रस कमाइ गरेको छ । सुरुवाती दुई सातासम्म सुस्त व्यापार गरेको फिल्मले तेस्रो सातादेखि भने तीव्र गतिमा कमाइ बढाएको थियो ।

फिल्मको सफलताको उत्सव सामान्य बलिउड पार्टीभन्दा फरक थियो । धार्मिक स्थलमा आयोजना गरिएको कार्यक्रममा भजन र आरती गरिएको थियो । सफलता उत्सवमा फिल्मका मुख्य अभिनेता शोभिनव सत्य र निर्देशक डा. विशाल चतुर्वेदी पनि सहभागी भएका थिए ।

कार्यक्रममा मदिरा वा मांसाहारी परिकार थिएन, पाहुनाका लागि सात्त्विक भोजनको व्यवस्था थियो । फिल्म नोभेम्बर २७, २०२६ देखि सोनी लिभमा स्ट्रिम हुनेछ ।

In English

Hanuman Aansh success party held at temple: Bhajans, aarti, and satvik food for guests

Kartik Aaryan participated in the success celebration of the film 'Hanuman Aansh' at the ISKCON temple in Juhu, Mumbai. The production side organized the event to mark the film completing 100 days of theatrical release. Made on a budget of approximately 150 million to 200 million Indian rupees, the film has earned a net of 34.286 billion rupees in India and a gross of 45.333 billion rupees worldwide. The film saw sluggish business for the first two weeks but started earning at a rapid pace from the third week onwards. The success celebration was different from a typical Bollywood party. Bhajans and aarti were performed at the event held at a religious site. The film's lead actor Shobhvin Satya and director Dr. Vishal Chaturvedi also participated in the success celebration. There was no alcohol or meat dishes at the event; satvik food was arranged for the guests. The film will stream on Sony LIV from November 27, 2026.

Machine translation — the original above is the story as filed.