ओलीको चेतावनी– पार्टीमै बसेर अन्य दललाई मत दिनेलाई कारबाही हुन्छ
Read the full story at Onlinekhabar (Nepali)

२८ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारबाही गरिने चेतावनी दिएका छन् । एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीमा रहेर अन्य दललाई मत दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए ।
एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिए ।
In English
Oli's warning: Action will be taken against those who vote for other parties while remaining in the party
November 14, Kathmandu. CPN (UML) Chairman KP Sharma Oli has warned that if evidence is found of members voting for candidates of other parties while remaining in the party, such members will face action. Addressing the third full meeting of the UML Bagmati Province Organization Committee in Chyasal today, he stated that the trend of voting for other parties while staying in the party must be ended. He said that if anyone is found involved in such activities, they will be asked for an explanation, investigated, and if found guilty, action will be taken. Chairman Oli directed leaders and cadres to resolve internal contradictions through mutual discussion and focus on the election in a unified manner, as the local level election is approaching. Urging leaders and cadres at all levels of the party to be active, he said that no one has the freedom to be dishonest while remaining in the party.
Machine translation — the original above is the story as filed.
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- जलवायु विपद्का पीडितलाई ऋण होइन, अनुदान दिनुपर्ने नेपालको मागRatopati
- सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत जानेRatopati
- Australian PM caught making genital joke with climate minister at COP31 - watchTimes of India
- मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमाOnlinekhabar (Nepali)
- निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरणDC Nepal