सैन्य द्वन्द्वपछि पहिलोपटक पाकिस्तानी मन्त्री भारत जाने
Read the full story at Ratopati

इस्लामावाद । पाकिस्तानले आगामी साता भारतमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन एक मन्त्रीलाई नयाँदिल्ली पठाउने भएको छ । इस्लामाबादले शनिबार यसको पुष्टि गरेको हो । गत वर्ष दुई देशबीच चार दिनसम्म सैन्य द्वन्द्व भएयता यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ । पाकिस्तानको विदेश मन्त्रालयका अनुसार जलवायु परिवर्तनमन्त्री मुसादिक मलिकले नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा आयोजना हुने ‘साङ्घाई सहयोग सङ्गठन (एससीओ) सभ्यता संवाद’मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछन् ।
सन् २०२३ मेमा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएयता पाकिस्तानी सङ्घीय मन्त्री भारत जान लागेको यो पहिलोपटक हो । परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानबीच लामो समयदेखि अविश्वास रहँदै आएको छ । सन् १९४७ मा स्वतन्त्र भएयता यी दुई देशबीच पटक–पटक युद्ध र सैन्य तनाव भएका छन् । यसको प्रमुख कारण मुस्लिम बहुल कश्मीर क्षेत्रमाथिको दुवै देशको दाबी हो । सन् २०२५ मेमा कश्मीरमा सशस्त्र बन्दुकधारीले दुई दर्जनभन्दा बढी पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच चार दिनसम्म सैन्य द्वन्द्व भएको थियो ।
मारिनेमा अधिकांश हिन्दु थिए । भारतले उक्त आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाए पनि पाकिस्तानले अस्वीकार गरेको थियो । घटनापछि दुवै देशले एकअर्काविरुद्ध कूटनीतिक कदम चालेका थिए ।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- जलवायु विपद्का पीडितलाई ऋण होइन, अनुदान दिनुपर्ने नेपालको मागRatopati
- Australian PM caught making genital joke with climate minister at COP31 - watchTimes of India
- मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमाOnlinekhabar (Nepali)
- निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरणDC Nepal
- विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमाOnlinekhabar (Nepali)