जलवायु परिवर्तनको मार नेपाललाई, कार्बन व्यापारको अवसर पनि नेपाललाई
Read the full story at Bizmandu

गत वर्ष चीन भ्रमणका क्रममा हङकङ एक्सचेन्ज एन्ड क्लियरिङ लिमिटेड (एचकेइएक्स) समूहसँग सम्बन्धित बे-कनेक्ट टेक्नोलोजी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतसँग भेट्ने अवसर मिलेको थियो। अन्तर्राष्ट्रिय वित्तीय बजार, प्रविधि र नयाँ आर्थिक सम्भावनाबारे कुराकानी गर्दा मेरो मनमा एउटा प्रश्न उठेको थियो, नेपालजस्तो वनजंगल, जलस्रोत र स्वच्छ ऊर्जाको सम्भावना भएको देशले अन्तर्राष्ट्रिय कार्बन बजारबाट ठूलो आर्थिक लाभ किन लिन नसक्ने? त्यतिबेला नेपालमा अहिलेको कार्बन व्यापार नियमावली आइसकेको थिएन। विश्वका विभिन्न देशमा कार्बन क्रेडिटको कारोबारका लागि बजार र प्रविधि विकास भइरहेका थिए।
एचकेइएक्सले ‘कोर क्लाइमेट’ नामको अन्तर्राष्ट्रिय कार्बन बजार सञ्चालनमा ल्याइसकेको थियो। तर नेपालमा कार्बन व्यापारको चर्चा वातावरणीय परियोजना, केही सरकारी निकाय र विकास साझेदारको दायराभन्दा बाहिर खासै आएको थिएन। नेपाल फर्किएपछि पनि यो विषयले मलाई सोच्न बाध्य बनाइरह्यो। हामी विदेशी मुद्रा आर्जनको कुरा गर्दा रेमिट्यान्स, पर्यटन, जलविद्युत् निर्यात र विदेशी लगानीको चर्चा गर्छौँ।
यी क्षेत्र निश्चय नै महत्त्वपूर्ण छन्। तर नेपालले दशकौँ लगाएर संरक्षण गरेको वनजंगल, विकास गरेको स्वच्छ ऊर्जा र घटाएको कार्बन उत्सर्जनको आर्थिक मूल्यबारे हामीले कति छलफल गरेका छौँ? अहिले अवस्था बदलिएको छ। नेपालले कार्बन व्यापार नियमावली, २०८२ जारी गरेको छ।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावनाNepal Khabar
- होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन संयुक्त राष्ट्रसंघको आग्रह, खाद्य संकटको चेतावनीDC Nepal
- Nepal, GGGI discuss expanding cooperation in climate finance and green developmentOnlinekhabar English
- जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोडRatopati
- पहिरोमा घाइते डोल्पाका कार्यवाहक वडाध्यक्षको मृ*त्युOnlinekhabar (Nepali)