जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
Read the full story at Ratopati

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासलाई प्रभावकारी बनाउन वार्ताकारहरूलाई बाँकी समयको सदुपयोग गर्दै शीघ्र निर्णय लिन आग्रह गरेका छन्। टर्कीको तटीय सहर अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मध्यबिन्दुमा पुगेका बेला शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले कठिन विषयहरूमा तत्काल छलफल अघि बढाउन र रणनीतिक ढिलाइ नगर्न सबै पक्षलाई आह्वान गरे । स्टिलले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सहमति कायम गर्न सबै सहभागी राष्ट्रले लचकता अपनाउँदै आपसी समझदारी र सहकार्य गर्नुपर्ने बताए।
उनका अनुसार वार्ताका क्रममा प्रत्येक शब्द र वाक्यमा सहमति जुटाउनु चुनौतीपूर्ण भए पनि साझा लक्ष्य हासिल गर्न त्यस्तो प्रयास आवश्यक छ । सबै पक्षको सम्झौता र सहकार्यबिना सामूहिक सफलता सम्भव नहुने उनको भनाइ थियो । उनले कोप–३१ मा जलवायु परिवर्तनसँग सम्बन्धित व्यावहारिक पहलहरूले गति लिइरहेको जानकारी दिए ।
अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै स्वच्छ ऊर्जा, जलवायु उत्थानशील पूर्वाधार, हरित उद्योग तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा ठोस काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावनाNepal Khabar
- होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन संयुक्त राष्ट्रसंघको आग्रह, खाद्य संकटको चेतावनीDC Nepal
- Nepal, GGGI discuss expanding cooperation in climate finance and green developmentOnlinekhabar English
- पहिरोमा घाइते डोल्पाका कार्यवाहक वडाध्यक्षको मृ*त्युOnlinekhabar (Nepali)
- छठले हामीलाई जीवनको गहिरो दर्शन सिकाउँछ : प्रधानमन्त्री शाहRatopati