Skip to main content
वातावरणRatopati

छठले हामीलाई जीवनको गहिरो दर्शन सिकाउँछ : प्रधानमन्त्री शाह

Read the full story at Ratopati

छठले हामीलाई जीवनको गहिरो दर्शन सिकाउँछ : प्रधानमन्त्री शाह

छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्–' ​छठले हामीलाई जीवनको एक गहिरो दर्शन सिकाउँछ। जहाँ उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइन्छ। यसले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा दिन्छ।

' सन्देशमा लेखिएको छ– ​'चार दिनसम्म विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन नहाय(खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने गरिन्छ। ​सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस्।

भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्। '