गाजामा बाढीले ७० हजार अस्थायी टेन्ट डुबे
Read the full story at Thaha Khabar

काठमाडौंः युरोपेली संघ (ईयू) ले गाजामा हालै परेको भारी वर्षा र आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन इजरायलसँग आग्रह गरेको छ। ईयूले शनिबार इजरायललाई राहत तथा मानवीय सहायता संस्थाहरूलाई कुनै अवरोधबिना गाजामा प्रवेश गर्न दिन आग्रह गरेको हो। साथै, राहत सामग्री र अस्थायी आवास मर्मतका लागि आवश्यक सामग्रीसमेत गाजामा पु¥याउन अनुमति दिनुपर्ने बताएको छ।
ईयूले गाजाका सबै सीमा नाका पुनः खोल्न पनि माग गरेको छ। रिपोर्टहरूका अनुसार भारी वर्षा र बाढीकाकारण गाजामा करिब ७० हजार टेन्ट डुबानमा परेका छन्। ती टेन्टमा करिब २० लाख जनसंख्याको ठूलो हिस्सा आश्रित रहेको बताइएको छ।
बाढीका कारण प्रभावित नागरिकलाई स्वच्छ खानेपानी, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव भएको छ। यसले पहिले नै कठिन अवस्थामा रहेका विस्थापित नागरिकको समस्या थप बढाएको छ।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावनाNepal Khabar
- छठले हामीलाई जीवनको गहिरो दर्शन सिकाउँछ : प्रधानमन्त्री शाहRatopati
- Drought-stricken Beed: Land of parched fields and broken promisesThe Hindu
- Nations grapple with loss of 1.5°C target at UN climate summitThe Hindu
- अस्ट्रेलियाका जलवायुमन्त्रीसँग मन्त्री चौधरीको भेट, हिमालका मुद्दा बेवास्ता नगर्न आग्रहNagarik News