पहिरोमा घाइते डोल्पाका कार्यवाहक वडाध्यक्षको मृ*त्यु
Read the full story at Onlinekhabar (Nepali)

२९ कात्तिक, डोल्पा । सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा घाइते भएका डोल्पाको काइके गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष भीमबहादुर बूढाको उपचारका क्रममा निधन भएको छ । गत बिहीबार दिउँसो करिब ४ बजे काइके गाउँपालिका–७ लावनमा सडक निर्माण भइरहेको स्थानमा माथिबाट एक्कासि ढुङ्गासहितको सुक्खा पहिरो खस्दा ३४ वर्षीय बूढा गम्भीर घाइते भएका थिए ।
पहिरोमा परी घाइते भएका बूढालाई स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल डोल्पा पुर्याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि शुक्रबार नेपालगन्ज लगिएको थियो । बूढा २०७९ सालको स्थानीय तह निर्वाचनमा काइके गाउँपालिका–७ को वडा सदस्यमा निर्वाचित भएका थिए ।
उक्त वडाका वडाध्यक्ष काम विशेषले जिल्ला बाहिर रहेका कारण केही समयदेखि उनले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
More environment
- ‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’Nepal Khabar
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुरु भयो वर्षा, दिउँसो यी प्रदेशमा असिनापानीको सम्भावनाNepal Khabar
- होर्मुज जलमार्गबाट रासायनिक मल ढुवानी खुलाउन संयुक्त राष्ट्रसंघको आग्रह, खाद्य संकटको चेतावनीDC Nepal
- Nepal, GGGI discuss expanding cooperation in climate finance and green developmentOnlinekhabar English
- जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोडRatopati
- छठले हामीलाई जीवनको गहिरो दर्शन सिकाउँछ : प्रधानमन्त्री शाहRatopati