Skip to main content
राजनीतिNagarik News

विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

Read the full story at Nagarik News

विवाह गराउन नसके ४५ हजार फिर्ता गर्ने ‘डेटिङ एप’को अनौठो अफर

डेटिङ एपमार्फत पनि उपयुक्त जीवनसाथी खोज्न नसके पैसा फिर्ता पाइन्छ भने कस्तो होला ? चीनको एउटा एआई डेटिङ एपले यस्तै अनौठो अफर ल्याएको छ। चीनको ‘लियाङपेई एआई’ नामक डेटिङ एपले प्रयोगकर्ताबाट वार्षिक दुई हजार युआन (करिब ४५ हजार रुपैयाँ) शुल्क लिन्छ। तर, प्रयोगकर्ताले तीन वर्षभित्र विवाह गर्न नसके उक्त रकम पूरै फिर्ता गर्ने एपको वाचा छ।

सामान्य डेटिङ एपमा प्रयोगकर्ताले एकैपटक धेरै व्यक्तिसँग कुराकानी गर्न सक्छन्। तर, लियाङपेई एआईले भने प्रयोगकर्तालाई एक समयमा एक जनासँग मात्र सम्बन्ध अगाडि बढाउन प्रोत्साहित गर्छ। यसले दुवै पक्षलाई एक अर्कालाई बुझ्न र सम्बन्धलाई गम्भीर रूपमा अघि बढाउन सहयोग पुग्ने एपको विश्वास छ। साउथ चाइना मर्निङ पोस्ट का अनुसार एपका संस्थापक जेङ सिन्सुनले एकपटकमा एक जनासँग मात्र भेटघाट र कुराकानी गर्दा दुवै पक्षले सम्बन्ध निर्माणमा बढी ध्यान दिन सक्ने बताएका छन्।

उनी भन्छन्, ‘एक-एक जनाबिचको भेटघाटले दुवै पक्षलाई सम्बन्ध निर्माणमा बढी ध्यान दिन र प्रयास गर्न मौका दिन्छ। सम्बन्ध सफल नभए पनि वास्तविक कुराकानीपछि निष्कर्षमा पुग्न सकिन्छ।’ लियाङपेई एआईमा खाता बनाउनुअघि प्रयोगकर्ताले करिब २० मिनेट एआईसँग कुराकानी गर्नुपर्छ।