अमेरिकाको आरोप : बेलायती हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेहरू इरान-समर्थित
Read the full story at Nepal Khabar

अमेरिकाले देशभित्र तथा युरोपमा रहेका आफ्ना हवाई अड्डामा आक्रमणको षड्यन्त्र गर्नेमा इरान-समर्थित व्यक्तिहरू संलग्न रहेको आरोप लगाएको छ। अमेरिकाको न्याय विभागका अनुसार मंगलबार सार्वजनिक आरोपपत्रमा इरानी नागरिक मोहसेन मोहजेरी, इराकी नागरिक मोहम्मद अली अल-हसानी र इरानी-इराकी दोहोरो नागरिकतावाला मोहम्मद बाकर साद दाऊद अल-सादीको नाम छ। खोजतलासका क्रममा ती भ्यानमा कुनै विस्फोटक पदार्थ भेटिएन तर पेट्रोल बरामद गरिएको थियो।
यस प्रकरणमा बेलायतमा सात जनालाई पक्राउ गरिएको छ। अमेरिकाको न्याय विभागले अल-हसानीले अगस्टमा बेलायतमा रहेका आफ्ना सहयोगीहरूलाई एयरबेसको निगरानी गर्न र षड्यन्त्रको तयारी गर्न पैसा दिएको आरोप लगाएको छ। विभागका अनुसार भ्यान र इन्धन ड्रम सेप्टेम्बरमा खरिद गरिएका थिए।
भ्यानहरूलाई इन्धन र स्विमिङ पुल आपूर्ति गर्ने रूपमा राखिएको थियो। सेप्टेम्बर २६ मा अल-हसानीले तीनवटा भ्यानलाई एयरबेसमा जान निर्देशन दिएको र बाटोमा चालकहरूसँग सम्पर्कमा रहेको आरोप लगाइएको छ।
More politics
- २ मोटरसाइकल ठोकिँदा लाग्यो आगो, १ जनाको मृत्यु, ४ घाइतेNepal Khabar
- भाइटीका लगाउन रानीपोखरीNepal Khabar
- चर्को आवाज निकाल्ने ५६ बाइक र स्कुटर कारबाहीमाNepal Khabar
- शुक्लाफाँटामा अटो र स्कुटर ठोक्किँदा सात जना घाइतेNepal Khabar
- लोकेश बम एनपीएलमा टप स्कोरर, कसको कति रन?Nepal Khabar
- मेचीनगरमा घट्यो खानेपानी महसुलNepal Khabar